काठमाडौँ, ४ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ ।
आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १० कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।
यससँगै मृतकको संख्या ४ सय ११ पुगेको छ ।
आइतबार देशभर थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ९ सय ६६ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस