
काठमाडौँ, ४ असोज । नेपालमा थप १ हजार ३ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ९ सय ६६ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।
हाल देशभर १७ हजार ४ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ४ सय ११ जना पुगेको छ ।















प्रतिक्रिया