७ कार्तिक २०८३, शनिबार

नेकपा सचिवालयमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल, सोमबार फेरि बस्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल भएको छ ।

पार्टी एकतापछि आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा नीतिगत छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्त श्रेष्ठका अनुसार नीतिगत छलफल भए पनि व्यक्तिको बारेमा छलफल भएको छैन । अर्काे बैठक सोमबार १ बजे बस्ने उनले बताए ।

बैठकमा पार्टी स्थायी कमिटीको निष्कर्ष र निर्णय कार्यान्वयनमा लानेबारे पनि छलफल भएको छ ।

आइतबारको बैठकमा विशेषत चार कार्यसूचीमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । पहिलो कार्यसूचीमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको हो ।

व्यक्तिको नामको विषयमा भने अझ आवश्यक परे प्रधानमन्त्रीसँग छलफल हुने श्रेष्ठले जानकारी दिए। मन्त्री बन्ने व्यक्तिको नामको टुंगो नलागे पनि सचिवालय सदस्यले विभिन्न कोणबाट सुझाव दिएको श्रेष्ठले बताए।

त्यस्तै, पार्टीको सांगठनिक एकताको बारेमा छलफल भएको छ । संगठन विभाग, स्थायी समिति र केन्द्रीय समितिको पदपूर्ति र केही कारबाहीका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै विविध प्रस्तावमा पार्टीको पूर्णकालीन कार्यकर्तालाई सहयोग गर्नेलगायत विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।