७ कार्तिक २०८३, शनिबार

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

कास्की, ३ असोज । ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पोखरा महानगरपालिका १९ लामाचौर बस्ने धादिङ गंगाजमुना गाउँपालिका ६ घर भएका ३२ वर्षीय बिकाश बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती बालिकालाई ललाई फकाई एकान्त स्थानमा लगि यौन दुर्व्यवहार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिक उपर बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।