काठमाडौं, ६ चैत । एसएलसीको ट्युसन पढ्न गएका दुई किशोरीमाथि एसिड आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाले जीवन बिक नाम भएको व्यक्तिलाई पक्राउ गरेको हो ।
छात्रामाथि एसिड फाल्ने विकलाई प्रहरीले आज दिउँसो ११ बजे सार्वजनिक गर्दै छ । एक महिना अगाडी राजधानीको बसन्तपुरमा ट्युसन पढ्दै गरेका छात्रा संगिता र सीमा मगरमाथि विकले एसिड फालेका थिए ।
प्रहरी प्रवक्ता नारायण सिंह खड्काले विकलाई महानगरीय आयुक्तको कार्यालयबाट पत्रकार सम्मेलन गरी आज दिउँसो सार्वजनिक गरिने जानकारी दिनुभयो ।
अभियुक्त विकलाई २ दिन अघि भारतबाट पक्राउ गरी ल्याइएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी पुस्कर कार्कीले बताउनुभयो । कार्कीका अनुसार बिक संगीता मगर बस्ने घरमै डेरा गरी बस्दै आएका थिए ।
एसिड प्रहारबाट संगिता गम्भीर घाइते भएकी छन् । एसिडले सङ्गिताको छाती, पेट र खुट्टा पोलेको छ । सीमाको अनुहारमा एसिड प्रहार गरिएको थियो ।
गम्भीर घाइते भएकी सिमालाई काठमाण्डौ सिनामङ्गल स्थित के एम सी अस्पतालमा उपचार भइरहेको छ । संगिताले एसएलसी परीक्षा अस्पतालबाटै दिइरहेकी छिन् ।















प्रतिक्रिया