३१ आश्विन २०८३, शनिबार

९ वर्षीया बालिकालाई एकान्तमा लगेर यौन दुर्व्यहार

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ३ असोज । ९ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक ३२ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–६ का ३२ वर्षीय विकास विक छन् । विकले भदौ ३० गते ती बालिकलाई ललाईफकाई एकान्त ठाउँमा लगेर करणीको आशय राखी यौन दुर्व्यहार गरेको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठलेका अनुसार पीडित बालिकाले दिएको जाहेरीको आधारमा विकलाई नियन्त्रणमा लिइएको हो ।

अभियुक्त विकलाई बाल यौन दुरुपयोग कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।