७ कार्तिक २०८३, शनिबार

ऊर्जामन्त्री पुन ५ दिन होम आइसोलेसनमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन होम आइसोलेसनमा बस्ने भएका छन् ।

मन्त्री पुनको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीमा संक्रमण देखिएपछि ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरमा ५ दिन आइसोलेसनमा बस्ने भएका हुन् ।

५ दिनपछि परीक्षण गरेर मात्रै मन्त्री पुन सार्वजनिक कार्यक्रम र भेटघाटमा सहभागी हुने बताइएको छ ।

यसअघि अन्य नेताहरुको सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आइसोलेसनमा बसेका थिए ।