७ कार्तिक २०८३, शनिबार

प्रदेश १ मा थपिए १६६ कोरोना संक्रमित, मोरङमा मात्रै १०० जना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । प्रदेश १ मा थप १ सय ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये मोरङमा मात्रै एक सयजना रहेका छन् । त्यस्तै, सुनसरीमा ५६ जना, झापामा ८ जना र उदयपुरमा २ जना संक्रमित थपिएका हुन् ।

६ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा ५७ महिला र १ सय ९ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशको राजधानी विराटनगरमा एकै दिन थप ५८ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ३७ पुगेको छ । जसमध्ये २ हजार ४ सय ३२ जना निको भएका छन् ।