३१ आश्विन २०८३, शनिबार

राष्ट्रसंघको ७५औं महासभामा प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी शुक्रबार राष्ट्रसंघको ७५औं महासभामा सम्बोधन गर्ने बार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सो महासभामा अप्रत्यक्षरूपमा भाग लिएको छ । न्यूयोर्कमा आजदेखि शुरु भएको ७५औं महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई आगामी सोमबार र ‘२०२० दीगो विकास लक्ष्यका क्षण’ बैठकलाइृ शनिबार तथा असोज १४ गते हुने जैविक विविधता सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले बताएको छ ।

सबै सम्बोधन भर्चुअल हुने बताइएको छ ।