मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकद्धारा ई–टेलर सेवा सुरु

दैनिक नेपाल २०७७ असोज २ गते १०:५१

काठमाडौं, २ भदौ । मुक्तिनाथ विकास बैंक लिले कोरोनाको महामारीको विषम परिस्थितीमा ग्राहकहरूले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ ।

 

ई–टेलरमार्फत ग्राहकहरूले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग(इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो सेवा बैंकको सबै शाखाहरुमा उपलब्ध हुनेछ । उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका छन् ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले ई–टेलर सेवा सञ्चालनमा ल्याइएको हो ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटीइमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित