
काठमाडौँ, १ असोज । नेपालमा थप १ हजार २ सय ४३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४३ जना संक्रमणमुक्त भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ ।
देशभर थप १ हजार २ सय ४६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ ।
हाल देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ३ सय ८३ जना पुगेको छ ।















प्रतिक्रिया