
काठमाडौं, १ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् ।
मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरिएका गौतमको नाम बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शितल निवास पठाएको थियो । सोही आधारमा राष्ट्रपति कार्यालयले राष्ट्रिय सभामा मनोनित गरेको जानकारी गराएको हो ।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।















प्रतिक्रिया