१ कार्तिक २०८३, शनिबार

तीनकुनेस्थित हरितगृह तरकारी बजारबाट ४२ बोरा प्याज जफत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । काठमाडौंको तीनकुनेस्थित हरितगृह तरकारी बजारको दुई वटा पसलबाट ४२ बोरा प्याज जफत गरिएको छ ।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले उक्त परिमाणको प्याज जफत गरी प्रहरीलाई बुझाएको बताइएको छ । आज बिहान छड्के अनुगमनका क्रममा व्यापारीहरुले लुकाएर राखेको उक्त प्याज जफत गरिएको अनुगमन समितिका सदस्य माधव तिमिल्सिनाले बताए ।

उनका अनुसार विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरिएको हो । यस्तै सोही तरकारी बजारबाट महँगोमा प्याज बिक्री गरेको आरोपमा दुलाल आलु प्याजका सञ्चालकलाई समितिले कारबाहीको सिफारिस समेत गरेको छ ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली व्यापारीले कृत्रिम सृजना गर्न थालेका छन् ।