७ कार्तिक २०८३, शनिबार

लहानका मेयर साहको विवादास्पद निर्णय, साम्प्रदायिक दंगा गराउन खोजेको आरोप

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, १ असोज । सिरहाको लहान नगरपालिकाले हिन्दू धर्मको नाममा रहेको जग्गा कन्या विद्यालय बनाउन खोजेको भन्दै हिन्दु धर्मावलम्बीहरूले विरोध जनाएका छन् ।

लहान नगरपालिका–५ स्थित कृष्ण भगवान ठाकुरवाडीको नाममा दर्ता रहेको कि. नं. १५२३, १५२५, १५२६ नम्बरको चार काठा ५ धुर जग्गामा अनाधिकृत रुपले लहान नगरपालिकाले कन्या विद्यालयको भवन निर्माण गर्न खोजेपछि विरोध भएको हो ।

कुनै धर्म विशेषका लागि अनुकूल हुने गरी अनाधिकृत रूपमा लकडाउनको मौका छोपेर उक्त जग्गामा विद्यालय निर्माण गर्न लागेको भन्दै हिन्दु संघ संस्थाले घोर आपति जनाएका छन् । उनीहरूले धर्ना समेत दिएका छन् ।

उक्त जग्गा कृष्ण भगवान ठाकुरवाडीको नाममा रहेको छ । मन्दिरको नामा सो जग्गा पचास वर्षभन्दा अगाडिदेखि दर्तामा छ ।

हिन्दु धर्मावलम्बीहरूले उक्त जग्गामा अबैध रुपले भइरहेको निर्माण कर्या रोक्का गर्न सम्पूर्ण हिन्दु धर्मावलम्बी संघ, संस्था आन्दोलन संघर्ष समिति गठन गरेका छन् ।

संघर्ष समितिले मेयर साहले मिलेर बसेका हिन्दुहरूलाई उकासले साम्प्रदायिक दंगा गराउन खोजेको आरोप समेत लगाएका छन् ।

संघर्ष समितिको सलाहकारहरूमा लक्षमण दास महन्थ, रामकुमार शास्त्री, हितराम दास रहेका छन् ।

समितिको सदस्यहरूमा सुशीलचन्द्र अधिकारी, राजेन्द्रप्रसाद यादव, योगेन्द्रप्रसाद यादव, सञ्जीवकुमार ठाकुर, शिवदेव शाह, मनोज पासवान, शिवु यादव, राम स्वरुप महतो, रागनी सिंह, हरेराम मिश्र, राजकुमार यादव लगायतका दर्जनौं व्यक्ति रहेका छन् ।

जग्गा हिन्दु धर्मकै प्रयोजनको लागि धार्मिक संघ, संस्थाको सहमतिमा प्रयोग गर्न माग गरिएको छ ।

नगरभित्र मठ मन्दिरमा भजन कीर्तन समेत बन्द भएको अवस्था छ । नगरपालिकाले मुस्लिम समुदायलाई दिनभरि ध्वनी प्रदुषण गर्न छुट दिएको स्थानीयको आरोप छ ।

२०६८ सालमा गौमाता मन्दिरको सिलान्यास समेत भएको ठाँउ हो । मन्दिर सिलान्यास भएको केहि दिन पछाडि गौहत्या भएको थियो ।

घटना भएको ठाँउमा २२ दलको सहमतिमा सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणासंगै उक्त क्षेत्रमा हिन्दु, मुसलमान लगायत कसैले पनि निर्माण कार्य नबनाउन निर्णय भएको थियो ।

लकडाउनको मौका छोपी लहानका मेयर मुनि साह सुडीले मुस्लिम धर्मशालाको उद्घाटन गरेका छन् ।

मेयर साहले उक्त कार्यले गर्दा हिन्दु बिरोधी रहेको भन्दै हिन्दु धर्मावलम्बी निकटका संघ संस्थाले विरोध जनाएका छन् । संघर्ष समिति लाहानका संयोजक सुशीलचन्द्र अधिकारी मेयर साहले हिन्दु विरोध गतिविधि गर्दै आएको बताएका छन् ।

मेयर साहले हिन्दु संघ संस्थाले आरोप लगाए जस्तो आफूले कुनै पनि गतिविधि नगरेको दाबी गरे । उनले अहिले रहेको स्कुललाई स्तरवृद्धि गर्न भवन बनाएर मावि बनाउन लागेको बताएका छन् । उनले हिन्दु मन्दिरको जमीन केही पनि नगरेको दाबी गरेका छन् ।

मेयर साहले मुस्लिमहरूका लागि धर्मशाला बनाउन जमीन दिएको भने स्वीकार गरेका छन् । उनले जमीन दिए पनि हिन्दुहरूको जग्गा नदिएको बताए ।