मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

गायक परियार र गायिका अधिकारीको स्वरमा ‘बाँचेको छु धन्न’

दैनिक नेपाल २०७७ भदौ ३० गते ११:१६

काठमाडौं । गायक बिक्रम परियार र गायिका समीक्षा अधिकारीको स्वरमा ‘बाँचेको छु धन्न’ बोलको लोक तथा दोहोरी गीत रिलिज भएको छ ।

डा।शिव सुवेदीको शब्द र संगीत रहेको ‘बाँचेको छु धन्न’को एरेञ्ज विनोद बाजुरालीले लेदिएका छन् । प्रेमी र प्रेमिकाबीचको संयोगान्त र वियोगान्तलाई फ्युजन गरिएको म्युजिक भिडियोको स्क्रिप्टलाई राम्रोसँग दृष्यमा ढालिएको छ ।

शिव सुवेदीको युट्युब च्यानलबाट रिलिज भएको ‘बाँचेको छु धन्न’ले राम्रो भ्यू पाएको छ ।

गायक परियारका धेरै गीतहरू चर्चित छन् । परियारको ‘गुन्द्रुक मीठो सागको’ गीत धेरै रुचाइएको गीत हो । समीक्षा अधिकारी पछिल्लो समय चलेकी गायिका हुन् । उनी टिकटकमा हिट छिन् ।

म्युजिक भिडियोमा गौरव पहाडी, आशा खड्का, भद्रा कुँवर, कवीर गैरेको अभियन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित