२९ आश्विन २०८३, बिहिबार

एनआरएन अमेरिकाका अध्यक्ष उम्मेदवारहरुबीच प्रत्यक्ष बहस हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_0844भर्जिनिया, अमेरिका । एनआरएन अमेरिकाको आसन्न निर्वाचनका अध्यक्षका प्रत्यासीहरुबीच प्रत्यक्ष बहस कार्यक्रम हुने भएको छ ।

भिजन फर नेपाल फाउन्डेशनले एनआरएन अमेरिकाको तेश्रो वार्षिक साधारण सभाको अवसर पारेर साधारण सभा हुने मेरिल्याण्डको बेथेस्डास्थित हिल्टन होटलमा यस्तो प्रत्यक्ष बहस कार्यक्रम आयोजना गर्न लागेको हो ।

फाउन्डेशनका अध्यक्ष पत्रकार कृष्ण शर्माले दिनु भएको जानकारी अनुसार आगामी आइतबार साँझ ६ बजे यस्तो प्रत्यक्ष बहस कार्यक्रम गरिनेछ । यसका लागि आफुले अध्यक्षका आकांक्षीहरु सबैलाई आमन्त्रण गरेको जानकारी दिनु भएको छ ।

यस्तो कार्यक्रम टिभी बहसको रुपमा रेकर्ड समेत गरिनेछ भने विभिन्न अनलाईन मिडियामार्फत प्रत्यक्ष प्रसारण समेत हुनेछ । यो एक किसिमको नौलो प्रयोग हुने फाउन्डेशनका अध्यक्ष शर्माले बताए ।

विश्वमै अनुकरणीय मानिने प्रजातान्त्रिक शैली, खुला प्रतिष्पर्धा र नेतृत्वका लागि चाहिने ज्ञान, अनुभव, कुटनीति, वाक पटुताको परीक्षण एक साथ हुने गरेको अमेरिकी राष्ट्रपति चुनावमा गरिने बहसलाई मध्यनजर गर्दै यस्तो बहस कार्यक्रमको खाका तयार गरिएको अमेरिकन कन्भर्सेसन नामक टेलिभिजन कार्यक्रमका संचालक समेत रहेका बहस आयोजक शर्माले जानकारी दिएका छन् ।

तीन चरणमा हुने करीब नब्बे मिनेट लामो कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु सबैलाई पहिलो तीन मिनेट आफ्नो उम्मेद्वारी बारे प्रकाश पार्न अवसर दिइनेछ भने संचालकले प्रत्येक उम्मेदवारलाई पाँच प्रश्न सोध्नेछन् ।

हाल आफ्नो संस्थाले अध्यक्षका प्रत्यासीका लागि सोधिने अन्तिम प्रश्नावली तयार गरिरहेको समेत पत्रकार शर्माले जानकारी दिए ।

बहसमा सहभागी दर्शक मध्येबाट तीन अतिरिक्त प्रश्न लिइनेछ भने अन्तिम चरणमा अध्यक्षका प्रत्यासी प्रत्येकलाई दुई दुई मिनेटको समापन मन्तव्यका लागि समय दिइनेछ ।