३ कार्तिक २०८३, मंगलबार

एसएलसी परीक्षा : पाल्पामा १ सय १६ विद्यार्थी अनुपस्थित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slc–  सुशिल नेपाल
पाल्पा ५ चैत । विद्यालय शिक्षाको अन्तिम परीक्षा मानिने एसएलसी परिक्षा विहीबारबाट देशभर शुरु भएको छ । एसएलसी परीक्षाको पहिलो दिन विहीबार विद्यार्थीहरुले अनिवार्य अंगे्रजी विषयको परिक्षा दिएका छन् ।

विहान ८ बजेदेखि ११ बजेसम्म भएको पहिलो दिनको परीक्षा पाल्पा जिल्लामा शान्तिपुर्ण भएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ ।

शिक्षा कार्यालयका अनुसार पहिलो दिनको परीक्षामा पाल्पा जिल्लामा १ सय १६ विद्यार्थी अनुपस्थित भएका छन् । जसमा २० जना नियमित र ९६ जना आँशिक गरी जम्मा १ सय १६ जना अनुपस्थित रहेका हुन ।

जम्मा ५ हजार ७ सय ९० जनाले फाराम भरेकोमा ५ हजार ६ सय ७५ जना विद्यार्थी मात्र उपस्थित भएका हुन । जिल्लाको दर्लमडाँडा उमावि स्रोत केन्द्रमा सवै बिद्यार्थी  उपस्थित रहे भने महेन्द्रबोधी उमाविमा सबैभन्दा बढी अनुपस्थित रहे ।

नियमित तर्फ ४ हजार ५ सय ८९ र आँशिक तर्फ १ हजार ८६ बिद्यार्थी उपस्थित रहेका थिए । २३ वटा केन्द्रमा चलेको परीक्षा शान्तिपुर्ण र मर्यादित रुपले सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले बताए ।