३ कार्तिक २०८३, मंगलबार

महन्त पुष्पदासलाई मातृशोक, उदासी रत्नादेवीप्रति समवेदना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्व. रत्नादेवी उदासीकाठमाडौं, ५ चैत । उदासी गुरुनानक अखडा थापाथलीकी प्रमुख रत्नादेवी उदासीको नब्बे वर्षको उमेरमा देहान्त भएको छ ।

फागुन २६ गते निवास (अखडा)मा उहाँले देहत्याग गर्नु भएको पारिवारिक स्रोतले जानकारी गराएको छ । महन्त चेतनदासकी शिष्या रत्नादेवी मुकामी महन्त हुनुहुन्थ्यो ।

वि.सं. २०४७–४८ सालमा उग्रवादीबाट अमरनाथयात्रामा प्रतिबन्ध लगाउँदा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा भएका अमरनाथ यात्रालाई सुचारु गर्नेे अभियानमा मातृशक्तिको तर्फबाट उदासी रत्नादेवीले नेतृत्त्व गरी अभियन्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

राणा शासनकालदेखि नै देशी विदेशी साधुसन्तको सेवामा भण्डारा लगाउने गरेकी रत्नादेवीलाई सेवाभावको रूपमा शवरीको रूपमा लिनसकिन्थ्यो ।

अखडाको सेवामा ७५ वर्ष सेवा गर्नु भएकी महन्त रत्नाका दुई बहिनी छोरी र दुईभाई छोरा हुनुहुन्छ जसमा जेठा छोरा पुष्पदास उदासी अखडा थापाथलीको महन्त हुनुहुन्छ ।

स्व. रत्नादेवीप्रति शब्द चिन्तन दर्शनका संरक्षकसदस्य दीपक सुवेदी, सत्–मार्ग अभियान नेपालका संगठन महामन्त्री खेमनाथ आचार्य, हिन्दू स्वयंसेवक संघका अनुप सिंहलगायत विभिन्न धार्मिक आध्यात्मिक संघसंस्थाका प्रतिनिधिले श्रद्धाञ्जली तथा शोक संतप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको पारिवारिक स्रोतले जनाएको छ ।