– सन्तोष काफ्ले
धरान ५ चैत । विद्यार्थीहरुको फलामे ढोका मानिएको प्रवेशिका एसएलसी परीक्षा शुरु भएको छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परिक्षामा विद्यार्थीहरु सामेल भए ।
सवै विद्यार्थीहरुले सहज र सरल ढंगले परीक्षा दिएपनि भिन्दै क्षमता भएका तथा दृष्टिविहीन विद्यार्थीहरु समेत राज्य को वेवस्थाको शिकार बनेका छन् ।
पूर्वाञ्चलभरीबाट नै धरानको ज्ञानचक्षु विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीहरु भने आफुले सधै परीक्षा दिएको र अध्ययन गरे भन्दा फरक ढंगले परीक्षा दिन बाध्य भएका छन् ।
उनीहरु सधै विद्यालयमा ब्रेललिपि कोणको प्रयोग गरी परीक्षा दिदै आएका थिए भने परीक्षा समेत बे्रललिपी मै दिँदै आएका थिए तर प्रवेशिकामा भने लेखन सहयोगी राखेर उनीहरु परिक्षामा सामेल भएका छन् ।
सरकारबाट उपेक्षित दाताहरुकै भरमा चलेको यस विद्यालयबाट यसपटकको एसएलसीमा ९ जना विद्यार्थीले एसएसलसी दिइरहेका छन् । ब्रेडलिपीमा अध्ययन गरेका उनीहरुलाई सहयोगी राखेर परीक्षा दिदा आफूले चाहेको जस्तो अंक ल्याउन कठिन हुने बताउछन् परीक्षार्थीहरु ।
आफूभन्दा जुनियर कक्षाबाट आएका सहभागीहरुले आफूले भनेको भन्दा फरक ढंगले लेखिदिनाले सोचेजस्तो अंक नल्याउने गरेका कारण सरकारले ब्रेन लिपीबाटै स्वफूर्त रुपमा परीक्षा दिने वातावरण मिलाइदिन उनीहरुले माग समेत गरेका छन् ।
आफ्ना समस्या राख्दै दृष्टिविहिन बिद्यार्थीहरुले आफुहरुका लागी राज्यले ब्रेललिपि माध्य बाटै परिक्षा दिन र सोही अनुरुपको प्रश्नपत्र तयार गर्न माग गरेका छन् ।
बिद्यार्थी मात्र हैन उनीहरुलाई अध्ययन, अध्ययापन गराउदै आएको पुर्वाञ्चल ज्ञान चक्षुलाई समेत ब्रललिपिको माध्यमबाट परीक्षा दिने व्यवस्था नहुदा समस्या हुने गरेको छ ।
विद्याललय एसएलसीमा सहभागी भएदेखि नै शतप्रशित उत्तीर्ण गराउन सफल भएपनि उनीहरुका परीक्षा लेखिदिने सहयोगी नपाउनुका साथै पाएपनि सुद्ध नलिखिदिने समस्याले विद्यार्थीले सोचेजस्तो अंक ल्याउन नसक्ने विद्यालयकी प्रधानाध्यापिक केशरी थापाको गुनासो छ ।
उहाँले परिक्षामा लेखीदिने देखन सहयोगी पाउन समेत समस्या हने गरेका बताइन् । ब्रेनलिपीमै दृष्टिविहीनलाई परीक्षा दिने व्यवस्था मिलाउनुपर्ने सरकारको दायित्व भएको उनको भनाई ।
यी समस्याका बाबजुद पनि यस विद्यालयले विगतदेखि नै शतप्रशित नतिजा ल्याउन सकेकोमात्र हैन अन्य विद्यालयसंग प्रतिष्पर्धासंगै असीमित क्षमताको विकास समेत गर्दै आएको छ । सो बिद्यालय वाट ६ जना छात्र र ३ जना छात्राले धरान ८ स्थित रहेको ल्याबोरेटरी उच्च माविको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् ।
२ घण्टा १५ सेकेण्ड समय तोकिएको आजको अंग्रेजी विषयको परीक्षामा दृष्टिविहीनहरुलाई भने ३ घण्टा १५ सेकेन्ड अर्थात १ घण्टा समय बढाएको हो । सहयोगी राखेर लेख्नुपर्ने बाध्यताका कारण प्रश्नको उत्तर हल गर्न अलि समय लागेकै कारण दृष्टिविहीनहरुलाई १ घण्टा बढी समय दिइएको परीक्षा केन्द्रले जानकारी दिएको छ ।
विगत २ बर्ष अर्थात २०६९ सालदेखि लगातार रुपमा एसएलसीमा भाग लिदै आएको यस विद्यालयबाट पहिलो बर्षमा १० जना परीक्षार्थी सहभागीमा १० जनाले नै, दोस्रो बर्ष अर्थात २०७० सालमा ११ जनाले परीक्षा दिएकोमा ११ जना नै अर्थात सतप्रतिशत उत्तीर्ण गराउन समेत सफल भएको छ ।
एसएलसी परीक्षामा सुनसरीबाट नीजि तथा सामुदायिक विद्यालयका छात्र तथा छात्रा गरी ४५ हजार र धरानबाट मात्र ९ परीक्षा केन्दबाट ३ हजार ७ सय विद्यार्थी एसएलसी परिक्षामा सामेल भएका छन् ।
















प्रतिक्रिया