३ कार्तिक २०८३, मंगलबार

ड्रग्स खाने सूचीमा नायिका सारा अलि खान पनि

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बइ । बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा पक्राउ परेकी रियार चक्रवर्तीले नार्कोटीस कन्ट्रोल ब्युरोसँगको बयानमा बलिउडका २५ कलाकार ड्रग्स प्रयोगकर्ताको भएको बताएकी छन् ।

रिया चक्रवर्तीले लिएका २५ नाममध्ये ५ जनाको नाम नार्कोटीस कन्ट्रोल ब्युरोलाई बयान दिएकी छिन् ।

रियाले दिएको २० पृष्ठ लामो बयानमा ड्रग्स प्रयोगकर्ताको पहिलो नाममा बलिउड कलाकार सेफ अलि खानकी छोरी सारा अलि खान रहेकी छिन् ।

रकुलप्रित सिंह, डिजाइनर सिमोन खंबाटा, मिडियाकर्मी रोहिणी अय्यर, कास्टिङ डाइरेक्टर मुकेश छावडा रहेका छन् ।

सेफ अलि खानकी छोरी सारा अलि खान २०१८ मा केदारनाथ फिल्ममा सुशान्त सिंहसँग काम गरेकी थिइन । सारा सुशान्त सिंहको साथी रहेको र उनको थाइल्याण्ड ट्रीपमा समेत रहेको स्वयं रियाले बताएकी थिइन ।