
काठमाडौँ, २७ भदौ । नेपालमा २४ घण्टामा थप १ हजार १ सय ७३ जनाले कोरोना जितेका छन् ।
आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७३ जना संक्रमणमुक्त भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।
आइतबार थप १ हजार ३९ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ५४ हजार १ सय ५९ जना पुगेको छ ।
हाल देशभर १५ हजार १ सय १७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ३ सय ४५ जना पुगेको छ ।















प्रतिक्रिया