
काठमाडौँ, २८ भदौ । काठमाडौँ उपत्यकामा थप ५ सय ९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ४ सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी उपत्यकामा ५ सय ९७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उपत्यकामा शनिबार ४ सय ३१ जनामा संक्रमण देखिएको थियो ।
देशभर आइतबार थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ३ सय ४५ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया