७ कार्तिक २०८३, शनिबार

सामाजिक सञ्जालमा अपशब्द प्रयोग भन्दै प्रदेशसभा सदस्य साँवा पार्टीबाट निलम्बित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ भदौ । प्रदेश नम्बर एककी प्रदेशसभा सदस्या तथा नेकपा ताप्लेजुङकी सदस्य होमकुमारी साँवालाई पार्टीले निलम्बन गरेको छ ।

साँवालाई सामाजिक सञ्जालमा एक युवतीलाई अपशब्द प्रयोग गरेकाले तीन महिनाका लागि निलम्बन गरिएको पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भास्कर काफ्लेले जानकारी दिए ।

सामाजिक सञ्जालमा सार्वजनिक पद धारण गरेको मान्छेले प्रयोग गर्ने शब्द भन्दा अस्वभाविक भएकाले उनलाई कारवाही गरिएको काफ्लेले जनाएका छन् ।

युवतीले सांसद साँवाले आफूलाई अपशब्द प्रयोग गरेको भन्दै स्क्रिनसट पार्टीका अन्य केहीलाई देखाएकी थिइन् । सांसद र युवती बीचको कुराकानी फेक आइडीमार्फत बाहिरिएको थियो । उक्त फेक आइडी कसले बनाएको भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।

पार्टीभित्र विवाद मिलाउनेबारे छलफल हुँदाहुँदै सम्वाद बाहिरिएपछि विवाद बढेको हो ।

पार्टीले छानबिनका लागि इन्चार्ज काफ्लेको संयोजकत्वमा प्रदेश सदस्यहरू मिङमाडन्डु शेर्पा र प्रदेश परिषद् सदस्य राम सुवेदी सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदलले साँवालाई निलम्बन, साम्सोहाङ र खतिवडालाई आत्मालोचना गराउन गरेको सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गरेको काफ्लेले जानकारी दिए ।