
काठमाडौँ, २८ भदौ । काठमाडौँ उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार भन्दा बढी रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा कुल संक्रमितको संख्या ११ हजार १ सय ३९ पुगेको छ ।
जसमध्ये सबैभन्दा बढी काठमाडौँमा ९ हजार १ सय ३ जना रहेका छन् भने भक्तपुरमा ९ सय ७ जना र ललितपुरमा एक हजार १ सय २९ जना रहेका छन् ।
कुल संक्रमितमध्ये अन्य निको भइसकेका छन् भने ६ हजार ७८ जना सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौँमा ५ हजार ९८ जना, भक्तपुरमा ४ सय ६८ जना र ललितपुरमा ५ सय १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया