
काठमाडौँ, २८ भदौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।
नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले आफुलाई आवश्यक सीजी, एलजी, गोड्रेज, टीसीएल, सेन्सेइ, एलिका, केन्ट तथा ब्ल्याक एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।
यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले सीजी, एलजी, गोड्रेज, टीसीएल, सेन्सेइ, एलिका, केन्ट तथा ब्ल्याक एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि, मोबाइल, म्युजिक सिस्टमलुगा धुने मेसीन, एसी माइक्रोवेभ, भ्याकुम क्लिनर, डिस वासर, स्टाइलर, वाटर प्युरिफायर सिस्टम, चिम्नी एण्ड किचन एप्ल्यान्स किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।
यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहक महानुभावहरुलाई कुनैपनि ब्याज लाग्ने छैन ।
बैंक अफ काठमाण्डू लिमिटेड र सीजी डिजिटल प्रा.लि.बीच भएको व्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहक महानुभावहरुलाई यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् ।
सीजी सोरुमहरु
कुमारीपाटी, रबिभबन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुर
एलजी सोरुमहरु
मिनभबन, सिभिल मल, जावलाखेल, कान्तीपथ, चाबहिल, सितापाइला, इमाडोल तथा बिराटनगर
यस इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजनाको बारेमा थप जानकारी आवश्यक भएमा ग्राहक महानुभावहरुले बैंकको कार्ड सेन्टरको टेलिफोन नम्बर (०१–४४२७३९८) मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।















प्रतिक्रिया