
काठमाडौँ, २८ भदौ । कोरोना संक्रमण भएपछि काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य पत्नी र छोरासहित होटल सोल्टी क्राउन प्लाजाको आइसोलेसन सेन्टरमा बसेका छन् ।
भदौ १५ गते संक्रमण पुष्टि भएका मेयर शाक्य परिवारसहित केही दिनदेखि सोल्टी होटलको आइसोलेसनमा रहेका जनाइएको छ ।
होटलको सुविधासम्पन्न कोठामा चिकित्सकीय सुविधासहित उनीहरु बसेका बताइएको छ ।
यद्यपि महानगरकी उपप्रमुख हरिप्रभा खड्काले भने शाक्य परिवार घरमै बसेकोबारे मात्रै जानकारी रहेको बताएकी छन् ।















प्रतिक्रिया