मुम्बइ । बलिउड नायिका कंगना रनौत एकपछि अर्को गर्दै विवादमा परेकी छिन् ।
अब ट्वीटरमा उनको एउटा भिडियो भाइरल भइरहेको छ । उनले आफूलाई लागुऔषधको दुर्व्यवसनमा फसेको बताएकी छिन् ।
यो भिडियो कंगना आफैंले इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । सोसल मिडियामा भाइरल भिडियोमा कंगनाले भनेकी छिन्, ‘म घरबाट भागेको डेढ–दुई वर्षमा फिल्म स्टार बनेकी थिएँ, एक ड्रग एडिक्ट बनेकी थिएँ । मेरो जीवनमा धेरै कुरा चलिरहेका थिए । म यस्ता मानिसहरुको हातमा परेकी थिएँ जहाँ यस्ता प्रकारका खतरनाक कुरा मेरो जीवनमा चलिरहेको थियो ।’
कंगनाको भिडियो यस्तो समय भाइरल भइरहेको छ जब उनले बलिउडमा भारी मात्रामा ड्रगको उपयोगको विषयमा आरोप लगाएकी थिइन् ।
केहि दिन अघि मात्रै कंगनाले ९९ प्रतिशत फिल्म इन्डष्ट्रि कोकिनको आडमा चलेको आरोेप लगाएकी थिइन् । नायिकाले रणवीर सिंह, रणबीर कपुर, विक्की कौशलजस्ता ठूला कलाकार र फिल्म निर्माता आयान मुखर्जीले आफ्नो रगत परीक्षण गर्नुपर्ने बताएका थिइन् ।















प्रतिक्रिया