१ कार्तिक २०८३, शनिबार

होटेलकी साहुनीद्वारा प्रहरी हवल्दारमाथि चक्कु प्रहार

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २८ भदौ । दाङको जिल्ला प्रहरी कार्यालयअगाडि नै प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ ।

गएराति जिप्रका अगाडिकै होटेलमा प्रहरी हवल्दार ४० वर्षीय खडक खत्रीमाथि चक्कु प्रहार भएको हो । खत्री र होटेल साहुनीबीच विवाद भएपछि छुरा प्रहार भएको बताइएको छ ।

विवादकै क्रममा होटेल साहुनीले हवल्दारलाई चक्कु प्रहार गरेकी हुन् । घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको छ । चक्कु प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै पक्षबीच भनाभन भई विवाद हुँदा ती महिलाले प्रहरीमाथि चक्कु प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

हवल्दार होटेलमा गएर बेला–बेला खाजा खाने गर्थे ।