७ कार्तिक २०८३, शनिबार

करिब ५ हजार सुरक्षाकर्मीमा कोरोना पुष्टि, नेपाल प्रहरीका मात्रै २८ सय बढी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ भदौ । हालसम्म देशभर करिब ५ हजार सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ४ हजार ९ सय ९५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा सबैभन्दा धेरै नेपाल प्रहरीका संक्रमित भएका छन् । संक्रमितहरुमा नेपाल प्रहरीका २ हजार ८ सय १७ प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ ।

जसमध्ये १ हजार २ सय ३३ जना निको भइसकेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उपत्यकामा कार्यरत कर्मचारी सबैभन्दा बढी जोखिममा परेका छन् । १ हजार ५ सय ८४ जना उपचाररतमध्ये उपत्यकामा ७ सय ४५ र प्रहरी प्रधान कार्यालय मातहत १ सय ५७ गरी ९ सय २ जना रहेका छन् ।

त्यस्तै, नेपाली सेनाका १ हजार २ सय ९० सुरक्षाकर्मी कोरोनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये २ सय ९० जना निको भएका छन् भने एक हजार जना संक्रमित उपचाररत रहेका छन् ।

सशस्त्र प्रहरी बलमा अहिलेसम्म ८ सय ८८ जना सुरक्षाकर्मी कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ४ सय ७२ जना संक्रमणमुक्त भएका र ४ सय १६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

हाल उपचाररत सबैको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।