१ कार्तिक २०८३, शनिबार

भारतमा कोरोनाबाट एकै दिनमा ९७ हजार भन्दा बढी सङ्क्रमित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २७ भदौ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना सङ्क्रमित भएको अधिकारीहरुले बताएका छन् ।

योसँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको छ ।
संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २०१ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ४६ लाख ५९ हजार ९८५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ३६ लाख २४ हजार १९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।