१ कार्तिक २०८३, शनिबार

एमसीसी पारित गराउन लागिपरेकाहरु त्यसकै दलाल हुन : भीम रावल

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व गृहमन्त्री भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउनुपर्छ भने लागि पर्नेहरु त्यसैको दलाल भएको बताएका छन् ।

शुक्रबार बसेको नेकपा स्थायी कमिटी बैठकमा उनले एमसीसी पारित गराउनुपर्ने अभिव्यक्ति दिएको भन्दै विभिन्न सञ्चार माध्यमहरुमा समाचार आइरहेका बेला नेता रावलले त्यसको खण्डन गरेका छन् ।

आफ्नाबारे गतल समाचार सम्प्रेषण भइरहेको भन्दै उनले सामाजिक सञ्जाल ट्विटरमा केहीबेर अघि लेखेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् ।’

आफूले एमसीसीका सन्दर्भमा यसअघि राखेको अडानमा कायम रहेको स्पष्ट पार्दै रावलले थप लेखेका छन्, ‘कतिपय मानिसहरु भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।’

रावलले नेपालमा एमसीसीको चर्चा शुरु भएदेखि नै हुबहु पारित गर्न नहुने अडान राख्दै आएका छन् । हुबहु पारित भए त्यसले राष्ट्रघात हुने उनको तर्क छ । एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्ने उनको अडानको मर्मअनुसार नै शुक्रबार बसेको नेकपा स्थायी कमिटी बैठकले निर्णय लिएको बताइएको छ ।

बैठकले एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।