१ कार्तिक २०८३, शनिबार

दाहसंस्कार भइसकेकी महिलामा कोरोना पुष्टि, मलामी सांसद र नेताहरुमा संक्रमणको त्रास

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २७ भदौ । पोखरामा दाहसंस्कार गरिसकिएका एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यहाँस्थित फिस्टेल हस्पिटलमा उपचाररत पोखरा–५ मालेपाटनकी ४५ वर्षिया ती महिलाको शुक्रबार बिहान मृत्यु भएको थियो । तर, साधारण मृत्यु भएको भन्दै पारम्पारिक अन्त्येष्टिपछि उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

मृतक महिलालाई अन्तिम श्रद्धाञ्जली दिन गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन), सांसद राजीव पहारी, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी, पर्यटन व्यवसायीहरु लगायत सयौं शुभचिन्तकहरु रामघाट पुगेका थिए ।

दासंस्कारपछि कोरोना पुष्टि भएपछि उनलाई श्रद्धाञ्जली दिन पुगेका सयौँ मानिसहरुमा संक्रमणको त्रास उत्पन्न भएको छ । मलामी गएकामध्ये कतिपय होम क्वारेन्टिनमा बसेको बताए पनि सबै क्वारेन्टिनमा नबसेको पाइएको छ ।

यसले सामाजिक स्तरमा कोरोना फैलिने चिन्ता बढाएको छ ।