१ कार्तिक २०८३, शनिबार

काठमाडौं र भक्तपुरका ३ जना कोरोना संक्रमितको ललितपुरमा मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । काठमाडौं र भक्तपुरमा ३ जना कोरोना संक्रमितको ललितपुरका दुई अस्पतालमा मृत्यु भएको छ ।

पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा दुई जना भक्तपुर र एक जना काठमाडौंका छन् ।

पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुष, सोही अस्पतालमा उपचाररत भक्तपुरका ७२ वर्षीय पुरुष र ललितपुरकै मेघा अस्पतालमा उपचाररत भक्तपुरका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।