– शिबलाल सुबेदी
गुल्मी ५ चैत । सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक डीपी कार्यक्रम अन्तर्गत प्रदान गरिने मिडिया फेलोसिपबाट जिल्लामा ३ जना पत्रकार पुरस्कृत भएका छन ।
गुल्मी जिल्लामा सुशासन कायम गर्न तथा बिभिन्न सरकारी कार्यालयहरुमा हुने अनियमितता, भष्टाचार, ढिलासुस्ती र हैरानी न्युनिकरण गर्नका लागि पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको उच्च म्ल्याङ्कन गदै पत्रकार शिबलाल सुबेदी, बिशाल भट्टराई, र गणेश सारु पुरस्कृत भएका हुन ।
पत्रकार सुबेदी, भट्टराई र सारुलाई रेसुङ्गा नगरपालिको आयोजना र सुशासन अभियान गुल्मीले सहजीकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैहे र सुशासन अभियान गुल्मीका अध्यक्ष श्याम कुमार पाण्डेले कदर पत्र र नगद ५ /५ हजारले पुरस्कृत तथा सस्मान गरेका हुन ।
सुबेदी दैनिक नेपाल अनलाईन, राजधानी दैनिक, हिमालय टेलिभिजन, दैनिकपत्र लगायतका मिडियामा आवद्ध रहेका छन् भने भट्टराई नागरिक दैनिक र सारु गोरखापत्र दैनिकसंग आवद्ध रहेका छन् । सुबेदी र भट्टराई उक्त पुरस्कारबाट अघिल्लो बर्ष पनि पुरस्कृत भएका थिए ।
















प्रतिक्रिया