१ कार्तिक २०८३, शनिबार

६१ वर्षीया टिकासराले पाइन् नागरिकता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, २७ भदौ । माथागढी गाउँपालिका–३ कसेनीकी ६१ वर्षीया टिकीसरा कामीले शुक्रबार नागरिकता पाएकी छिन् ।

२०१६ साल असारमा तानसेन नगरपालिका–११ जुकीयामा जन्मिएकी उनले २०३५ सालमा माथागढी गाउँपालिका–३ कसेनी छोडिघाटका ओमबहादुर कामीसँग बिवाह गरेकी थिइन् ।

सरकारबाट सामाजिक सुरक्षा भत्ता पाइने कुरा बल्ल थाहा पाएकी उनले स्थानीय जनप्रतिनिधिको पहलमा नागरिकता पाएकी हुन् ।

नागरिकता पाएसँगै उनले अब नियमअनुसार सामाजिक सुरक्षा भत्ता समेत पाउने बाटो खुलेको छ ।