
काठमाडौं, २७ भदौ । आज विश्व प्राथमिक उपचार दिवस ।
नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ । ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ नाराका साथ यो वर्षको प्राथमिक उपचार दिवस मनाइँदै छ ।
प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचारमा खटिने स्वयंसेवकहरूलाई सम्मान गरी हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।
जीवन बचाउन, बिरामी वा घाइतेको अवस्था सुधार गर्न र चिकित्सा सेवाको पहुँच नहुने अवस्थासम्म प्रारम्भिक स्याहारमा प्राथमिक उपचार महत्वपूर्ण रहेको छ ।
यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ का कारण विगत वर्षहरूमा जस्तो कार्यक्रम आयोजना नगरिए पनि सुरक्षा सावधानी अपनाएर प्राथमिक उपचार ज्ञान र शीप केन्द्रीत भर्चुअल कार्यक्रम, कृत्रिम अभ्यास, आकस्मिक प्राथमिक उपचार जस्ता कार्यक्रम आयोजना गरिरहेको नेपाल रेडक्रस सोसाइटीले जानकारी दिएको छ ।















प्रतिक्रिया