१ कार्तिक २०८३, शनिबार

पोखरामा थप एकजना कोरोना संक्रमित बिरामीको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २७ भदौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जाको पुतलीबजार–१ का ८५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले बताएको छ । भदौ २४ गते अस्पतालको आइसीयूमा भर्ना भएका उनको शनिबार बिहान ६ बजेको समयमा मृत्यु भएको हो ।

यो सँगै पश्चिमाञ्चल अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १० पुगेको छ भने कोरोनाबाट गण्डकी प्रदेशभर २३ जनाको मृत्यु भइसकेको छ ।