
जुम्ला, २७ भदौ । जुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भुपेन्द्र थापा कोरोना संक्रमणमुक्त भएका छन् ।
१० दिनको आइसोलेसन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो ।
संक्रमणमुक्त भएपछि उनले भने, ‘संक्रमणपश्चात् यो बीचमा खान मीठो नलाग्ने, आलश्यता हुने, निराशा आउने जस्ता कुराको अनुभूति भयो । हौसलाको ग्राफ पनि तलमाथि भइरह्यो । कोरोना जितेर बाँचेकाको समाचारले खुशी तुल्याउथ्यो । मृत्युको खबरले खुशीमा ह्रास आउँथ्यो ।’
आयुर्वेदिक औषधिको प्रयोगले पनि कोरोना भाइरस जित्न सहयोग पुगेको जनाउँदै उनले कोरोनाको कुनै उपचार नभएको बेला नागरिकहरुको माया, हौसला सहानुभूति र शीघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छा नै कोरानासँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेको बताए । हरेकले आत्मबल बलियो बनाउँदा कोरोनामाथि विजय हुने उनको विश्वास थियो ।
एक हप्ताको आइसोलेशन बसाइपछि नियमित काममा आउने प्रजिअ थापाले जानकारी दिए ।















प्रतिक्रिया