७ कार्तिक २०८३, शनिबार

कतार एयरवेजद्वारा काठमाडौंबाट उडान सुरू

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । कतार एयरवेजले काठमाडौंबाट तीन साप्ताहिक उडानहरू पुनः सुरुवात गर्ने घोषणा गरेको छ ।

नेपालको राजधानी शहरदेखिको सेवाहरू यस एयरलाइनको अत्याधुनिक बोइङ ७८७ ड्रीमलाइनर विमान र एयरबस ए ३२० एयरक्राफ्टद्वारा सञ्चालित हुनेछ ।

नेपालको संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको निर्देशानुसार नेपाली नागरिक, संयुक्त राष्ट्र विशेष संगठनहरू, विकास परियोजनाका साझेदारहरू, नेपालमा कार्यरत सबै दूतावासहरूले उडान भर्न सक्नेछन् ।

नेपाल आउने सबै यात्रीहरूले निर्धारित उडान समयको ७२ घण्टाभित्र गरिएको आरटी–पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टको साथै अनलाइन फारम पूरा गरेको हुनुपर्नेछ ।