३ कार्तिक २०८३, मंगलबार

चितवनमा ७ जना दृष्टिविहिन विद्यार्थीले एसएलसी दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slc– सन्दिप भट्ट

भरतपुर, ५ चैत । चितवन लगायत देशभर आजबाट एसएलसी परीक्षा सुरु भएको छ ।

चितवनमा नियमिततर्फ १० हजार ४७ जना र आंशिकतर्फ १ हजार ६ सय ७ जनाले विद्यार्थी परीक्षामा सामेल हुदैछन् । यस वर्षको एसएलसी परीक्षामा देशभरीबाट सहभागी हुन ५ लाख ७४ हजार ६ सय ८५ परीक्षार्थीले आवेदन फारम भरेका छन् ।

चितवनमा यसबर्ष जम्मा ३९ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । गतवर्ष ३८ परीक्षा केन्द्र रहेकामा यस वर्ष मुिग्लन स्थित श्री त्रिवेणी बराह मावि केन्द्र थप गरिएको छ । चितवनमा यस वर्षको एसएलसी परीक्षामा ७ जना दृष्टिविहिन विद्यार्थीले लेखन सहयोगीका लागि जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएका छन् ।

भरतपुर उच्चमाविमा नारायणी उच्चमाविका ३ जना दृष्टिविहिन विद्यार्थीहरु सहभागि हुँदैछन् भने झुवानी उच्चमाविका ३ जना दृिष्टविहिन विद्यार्थीहरुले बछयौली मावीमा परिक्षा दिदैछन् ।

यस्तै पिसजोन वोर्डिङ स्कुलका १ दृष्टिविहिन विद्याथीले बाल्मिकी बोर्डिङ स्कुलबाट परीक्षा दिँदैछन् । दुष्टिविहीन परीक्षार्थीले ९ कक्षाका विद्यार्थीलाई सहयोगी राख्न पाउने चितवनका जिल्ला शिक्षा अधिकारी दामोखदर आचार्यले जानकारी दिए ।

असहज वातावरणले गर्दा नेपाल आदर्श शिक्षा सदनमा पर्सामा निर्धारित परीक्षा केन्द्र खैरहनी उच्च मावि खैरहनीमा स्थानन्तरण गरीएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल र जिल्ला शिक्षा अधिकारी सदस्य रहेको माध्यमिक शिक्षाा उत्तीर्ण परीक्षासमन्वय समितिले अनुगमन तथा नियमन गर्नेछ ।

परीक्षाको मर्यादाविपरीत कार्य गर्ने कर्मचारी, सुरक्षाकर्मी, परीक्षार्थीलाई कसुरको मात्रा हेरेर एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरिएको छ । परीक्षार्थीले कुनै पनि किसिमको अनियमिता एवम् अनुशासनहीन काम गरेमा तथा अर्को व्यक्तिलाई परीक्षा दिन लगाएको पाइएमा परीक्षा रद्द गरी अर्को एक वर्ष परीक्षा दिन नपाउने गरी कारबाही गरिनेछ ।

परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । सैद्धान्तिक परीक्षा चैत १३ गत र प्राविधिक धारतर्फ १६ गतेसम्म सञ्चालन हुनेछन् ।