भरतपुर, ५ चैत । राष्ट्रपति डाक्टर रामवरण यादव केही बेरमा चितवन आउदै छन् । अहिले १० बजे उनि सहित प्रधानमन्त्री सुशील कोईराला तथा राजनीतिक दलका शिर्ष नेताहरु पनि चितवन आउने भएपछि यतिबेला चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पूर्वी चितवनको रत्ननगरमा आजदेखी सुरु हुन लागेको नेपाल बार एशोसियसनको राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथीको रुपमा राष्ट्रपति यादव आउन लागेका हुन् ।
राष्ट्रपतिको सुरक्षाका लागी कार्यक्रमस्थल रत्ननगरस्थित होटल स्टार वैंक्वेटदेखी पुरै जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको सुरक्षाको प्रमुख जिम्मा सल्हाल्ने नेपाली सेनाले जनाएको छ ।
राष्ट्रपति चितवन आउने भएपछि सेनाको एक विशेष टोली यहाँ आएर निगरानी बढाई रहेकोे दि फेमस महेन्द्र गण भरतपुरका प्रमुख गणपति प्रशान्त विक्रम राणाले बताए ।
सादा पोषाकमा चितवन आएको विशेष टोलीले कायक्रम स्थललगायत जिल्लाको अवस्थालाई निगरानी गरीरहेको छ । यस्तै नेपाल प्रहरी र शशस्त्र प्रहरीले पनि आ–आफ्नो ठाँउबाट सुरक्षा व्यवस्था मिलाएको जनाएका छन् ।
नेपाली सेनाले भित्री सुरक्षा गर्ने छ भने त्यसपछि सशस्त्र र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने बताईएको छ । नेपाल बार एशोसिएसन चितवनको आतिथ्यतामा हुन लागेको सम्मेलनको आयोजकले तयारी तीव्र पारेको छ ।
राष्ट्रपति सोझै रत्ननगरमा अवतरण गर्ने भएकाले कार्यक्रम स्थल होटलकै आडमा हेलिप्याड समेत निर्माण्ँ गरिएको छ । सम्मेलनमा राष्ट्रपतिसहित प्रधानमन्त्री, सभाध्यक्ष, राजनीतिक दलका प्रमुखहरु, विदेशी कुटनितिकज्ञहरु सहभागीता रहने बार एशोसिएसन चितवनले जनाएको छ ।
सम्मेलनमा संघीय लोकतान्त्रिक गण्ँतन्त्रको निरन्तरता, स्वतन्त्र न्यायपालिका र आथिर्क विकासका लागी पेशागत दक्षता भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा देशभरका ३ हजार भन्दा बढी कानुन व्यवसायी, ल एसियाका अध्यक्ष, आईवीएका प्रतिनिधी, नेपालका लागी विभिन्न देशका राजदुतहरु, न्यायधीशहरुलगायत कानुन र न्यायका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिहरुको सहभागीता रहने बारले जनाएको छ ।
सम्मेलनमा न्याय र कानुनसंग सम्वन्धीत नौ वटा क्षेत्रका विभिन्न विषयहरुमा ९३ वटा कार्यपत्र प्रस्तुत भई समुहगत रुपमा छलफल गरी निष्कर्ष निकाल्ने बताईएको छ । सम्मेलनमा लोकतान्त्रिक संविधानका अन्तरवस्तुहरु र तीनको विवेचना, न्यायपालिका र कार्यपालिकासंग सम्बन्धीत काम कारवाहीको समिक्षा, आर्थिक विकास, वाणिज्य कानुन र पेशागत दक्षता लगायतका विषयमा छलफल गरी निष्कर्ष निकालेर चितवन घोषणा पत्र जारी गरिने बारका अध्यक्ष हरिकृष्ण कार्कीले जानकारी दिए ।
कानुन, न्याय, सविधानसभा तथा संसदीय मामिला मन्त्रीको आतिथ्यतामा सम्मेलनको समापन गरिने आयोजकले बताएको छ ।
देशभरका करिव ३ हजार अधिवक्ता सहभागी हुने कार्यक्रममा उनीहरुका लागी खान र बस्नको लागी अग्रिम बुक भईसकेको छ । कार्यक्रम सुरु हुनु ४÷५ दिन अघि देखीनै रत्ननगर, सौराहा र नारायणगढका होटलहरु बुक भएका छन् ।
















प्रतिक्रिया