
काठमाडौँ, २६ भदौ । भक्तपुरमा एकै परिवारका ३ जना आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।
मध्यपुर थिमी नगरपालिका १ निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सुशीला र १७ वर्षीय छोरा सुशान्त मृत अवस्थामा फेला परेका हुन् । उनीहरुको कुकुर समेत मृत भेटिएको थियो ।
उनीहरु आफ्नै घरभित्रै मृत भेटिएका हुन् । सुदीप २ वर्षअघिसम्म औषधि उद्योगमा काम गर्ने गरेको खुलेको छ ।
प्रहरीका अनुसार एक फ्ल्याटमा छोरा, अर्काेमा आमा र भान्सामा बाबु सुदीपको शव फेला परेको थियो । उनीहरु कसैको पनि शरीरमा बाहिरी चोट नदेखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार छोरा र श्रीमतीको शव हेर्दा ४/५ दिन अघि नै मृत्यु भइसकेको देखिन्छ भने सुदीपको शव चाँही भर्खर हिजो आजको जस्तो देखिने बताइएको छ ।
प्रहरीले कसैले हत्या गरेको भन्ने आशंका गरेको छ । प्रहरीले उनीहरुको पोष्टमार्टमपछि नै हत्या हो होइन भन्ने यकिन हुने बताएको छ ।
सीआईबीसहित भक्तपुर प्रहरी, महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि घटनबारे विस्तृत विवरण आइनसकेको बताइएको छ ।















प्रतिक्रिया