१ कार्तिक २०८३, शनिबार

तनाव कम गर्न चीन र भारतका विदेशमन्त्रीबीच ५ बुँदे सहमति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, २६ भदौ । तनाव कम गर्न चीन र भारतका विदेशमन्त्रीद्वयबीच ५ बुँदे सहमति भएको छ ।

चीन–भारतको सीमाक्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा जारी तनाव कम गर्न दुई देशबीच सो सहमति भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रूसको राजधानी मस्कोमा भएको बैठकमा यो सहमति भएको हो ।

भारतीय समाचार एजेन्सी एएनआईले चिनियाँ विदेश मन्त्रालयको हवाला दिँदै सहमति भएको उल्लेख गरेको छ ।

यसैगरी सो भेटमा भारतीय विदेशमन्त्रीले भारतले सीमामा जारी तनावलाई भारतले थप बढाउन नचाहेको र चीनप्रतिको भारतको नीतिमा कुनै परिवर्तन नभएको बताएको समाचारमा उल्लेख गरिएको छ ।