
काठमाडौं, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान भएसँगै आज बसेको स्थायी कमिटी बैठकबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।
थोरै समय मात्रै बैठकमा बसेर उनी बाहिरिएको बताइएको छ । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बैठकको अध्यक्षता गर्न आग्रह गरेर बाहिर निस्किएका हुन् ।
आन्तरिक विवादका कारण करीब डेढ महिनाअघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि आज शुक्रबार बालुवाटारमा बसिरहेको छ ।
बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धी १५बुँदे प्रस्तावमाथि छलफल गरेर पारित गर्ने तयारी छ ।















प्रतिक्रिया