३ कार्तिक २०८३, मंगलबार

पचहत्तर प्रतिशत हाजिर नहुँदा र रु पाँच सय नबुझाउँदा..

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SLC Girlत्रिशूली (नुवाकोट), ५ चैत । आजदेखि देशभर प्रवेशिका परीक्षा चलिरहेका बेला जिल्लाका केही विद्यार्थी भने हाजिर नपुगेका कारण सहभागी हुनबाट वञ्चित भएका छन् ।

पचहत्तर प्रतिशत हाजिरी नभएका कारण विभिन्न विद्यालयका १४३ विद्यार्थी सहभागी हुन सकेनन् । दुई सय २० दिन विद्यालय खुलेका अवधिमा १६५ दिन विद्यालयमा हाजिर नभएका विद्यार्थीले परीक्षा दिन नपाउने व्यवस्था रहेको छ ।

जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी सुकदेव नेपालका अनुसार यस वर्ष यहाँका छ हजार २३६ विद्यार्थी परीक्षामा सहभागी भएका छन्, जसमा नियमिततर्फ चार हजार ९०१ जना र पुनःपरीक्षातर्फ एक हजार ३३५ विद्यार्थीले परीक्षा दिँदै छन् ।

एक सय ७ सामुदायिकसहित १२३ विद्यालयका विद्यार्थी २३ परीक्षा केन्द्रबाट सामेल भएका छन् ।

सर्लाही– यस वर्ष यहाँका ३१३ विद्यार्थी प्रवेशिका परीक्षाबाट वञ्चित भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिर नभएका तथा रु ५०० राजस्व नबुझाउने विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । जिल्लास्थित तीन दर्जनभन्दा बढी सामुदायिक विद्यालयका विद्यार्थी वञ्चित भएको जिल्ला शिक्षा कार्यालय परीक्षा फाँट प्रमुख दीपक काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार निजी विद्यालयमा भने यस्तो समस्या परेको छैन ।

आजदेखि सुरु भएको सो परीक्षामा जिल्लाबाट ११३ विद्यालयका नियमिततर्फ सात हजार ५९९ र पुनःपरीक्षातर्फ दुई हजार ८२९ विद्यार्थीले परीक्षामा सहभागी हुन फाराम भरेको काफ्लेले बताउनुभयो । रासस