भरतपुर, २५ भदाै । चितवनमा थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतलालको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा महानगरपालिकाका १३ र रत्ननगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्ला केही दिनयता जिल्लामा संक्रमितको संख्या घट्दै गएको छ । हिजो ३ सय १९ नमुना परीक्षणमध्ये ३ सय ५ नमुनाको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।















प्रतिक्रिया