७ कार्तिक २०८३, शनिबार

यी ७ जिल्लामा छन् ५ सय बढी सक्रिय संक्रमित, ५ जिल्ला कोरोनामुक्त

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । नेपालमा वुधबार थप १ हजार ८१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

यससँगै संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ भने ३३ हजार ८ सय ८२ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै, देशभर हाल १५ हजार २५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

वुधबार सबैभन्दा धेरै काठमाडौँ जिल्लामा ३ सय ९४ जना संक्रमित थपिएका छन् । त्यस्तै, मोरङमा ७७ जना, सुनसरीमा ५६ जना, रौतहटमा ७० जना, सिराहामा ८१ जना, मकवानपुरमा ४२ जना, भक्तपुरमा ३६ जना, ललितपुरमा ३४ जना र रुपन्देहीमा ४२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ७ जिल्लामा ५ सय जनाभन्दा धेरै सक्रिय संक्रमित छन् । जसमा सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, भक्तपुर, ललितपुर र रुपन्देहीमा ५ सयभन्दा बढी संक्रमित रहेका छन् ।

उता ५ जिल्लामा हाल संक्रिय संक्रमित शून्य रहेका छन् । मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय कोरोना संक्रमित नभएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाका कारण ३ सय १२ जनाको मृत्यु भइसकेको छ ।