७ कार्तिक २०८३, शनिबार

ओली-प्रचण्डबीच छलफल सकियो, तय भयो स्थायी कमिटीको एजेण्डा

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । सत्तारुढ नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल सकिएको छ ।

उनीहरुले भदौ २६ गते हुने भनिएको पार्टीको स्थायी कमिटीको बैठकको एजेण्डा तय गरेको स्रोतले बताएको छ ।

छलफलमा पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन नै स्थायी कमिटीको एजेण्डा हुने निर्णय भएको हो ।

यसअघि सचिवालय बैठकले दुई अध्यक्षलाई कार्यदलको प्रतिवेदनमा केही परिमार्जनसहित एजेण्डा तय गर्ने जिम्मा दिएको थियो । गत साउन १३ गतेदेखि अन्योलमा रहेको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ ।