३० आश्विन २०८३, शुक्रबार

बेजिंगस्टक मल्टिकल्चरल फोरमकाे अध्यक्षमा श्रेष्ठ निर्वाचित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ भदाै । बेलायतमा नेपालीहरूको बढ्दो बसोसाससंगै बिभिन्न क्षेत्रमा नेपालीहरूले आफूलाई स्थापित गर्ने क्रम बढ्दो छ ।

यसै क्रममा केहि समय अगाडि १९ देश आबद्द आप्रवासीहरूको अन्तर्राष्ट्रिय संगठन बेजिंगस्टक मल्टिकल्चरल फोरममा पहिलो पटक अध्यक्ष पदमा निर्वाचित नेपाली शिवजी श्रेष्ठलाई बेजिंगस्टक नेप्लिज कम्युनिटीले गत आइतवार एक समारोहका बीच सम्मान गरेको छ ।

स्थानीय काउन्सिल र अन्य सरकारी निकायहरू समेतको सहकार्यमा बेजिंगस्टकमा बसोबासरत बिभिन्न मुलुकबाट आएका आप्रवासीहरूको संस्थागत सहभागितामा बेजिंगस्टक मल्टिकल्चरल फोरम संचालित हुन्छ ।

पहिले विन्चेस्टर युनिभर्सिटी रहेको ४००वबर्ष भन्दा पनि पुरानो ऐतिहासिक भवन समेत यस फोरम अन्तर्गत रहेको छ ।

आयोजक संस्था बिएनसीका अध्यक्ष ओम गुरुङ्गको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रम महासचिब नवराज राईले संचालन गरेका थिए ।

अध्यक्ष गुरुङ्गले बेजिंगस्टक मल्टिकल्चरल फोरम जस्तो अन्तर्राष्ट्रिय संस्थामा नेपाली नेतृत्व स्थापित हुनु सबैको गौरवको बिषय भएको बताए ।

सल्लाहकार सुधा गुरुङ्गले अझ अगाडि बढेर नेपालीको शिर उच्च पार्न शुभकामना दिए ।

कार्यक्रममा संस्थाका अन्य पदाधिकारी, सल्लाहकार तथा पूर्ब अध्यक्ष समेत भएर आफ्नो संस्था बिएनसीले शुभकामना दिएको सो सम्मानबाट आफू अझ उत्साहित भएको भन्दै गत महिना स्थानीय सांसदले स्वागत गर्दै सहकार्यको कुरा गरेको बताए ।

फोरमको अध्यक्षको रुपमा अन्य आप्रवासीहरूको साथै आफ्नो नेपाली समुदायको हितलाई बिशेष ध्यान दिने, बिशेषगरी २०० बर्ष पुरानो सम्बन्ध रहेको नेपाल-बेलायत र पुरानो ऐतिहासिक सम्बन्ध रहेको नेपालीहरू अझैपनि बेलायतका सरकारी निकायहरुमा भर्नुपर्ने फारामहरूमा ‘अदर एसियन’ को रुपमा दरिनुपर्ने कुरालाई बिशेष चासोका साथ् सम्बन्धित निकायमा उठाउने कुरा सम्मानित हुने शिवजी श्रेष्ठले बताए ।