
काठमाडौँ, २३ भदौ । भरतपुर चितवनमा उपचाररत नवलपुरका कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवचुली नगरपालिका १, नवलपुरका ६४ बर्षीय पुरुष रहेका छन् ।
भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत उनको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
मिर्गौला पीडित उनको भरतपुर अस्पतालमा डायलिस गराइरहेका थिए । खोकी र स्वास्प्रश्वासमा समस्या भएपछि कोभिड आइसियूमा भर्ना भएका उनलाइ कोरोना संक्रमण भएको १७ गते पुष्टि भएको थियो ।















प्रतिक्रिया